पर्सा प्रहरीद्वारा चाडपर्व लक्षित सुरक्षा सक्रियता र निगरानी शुरु

वीरगंज । दशैं, तिहार, छठ जस्ता चाडपर्व नजिकिएसँगै अपराध नियन्त्रण गर्न पर्सा प्रहरीले चाडपर्वलाई लक्षित गरी सुरक्षा सक्रियता र निगरानी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी युनिटलाई उच्च निगरानीमा बस्न निर्देशन दिएको बताउनु भयो ।
अहिले विशेष गरी वीरगंज क्षेत्रमा खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको पन्तले बताउनु भयो ।
त्यसैगरी पर्सा प्रहरीले चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ ।
प्रहरी उपरीक्षक पन्तले मातहतका प्रहरी युनिटका प्रमुखलाई अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिएको बताउनु भयो । प्रहरीले चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा चुस्त पार्ने तयारीसमेत थालेको छ ।
सम्भावित जोखिम क्षेत्रमा प्रहरी टोली परिचालन गर्न शुरुवात समेत गरिएको पन्तले बताउनु भयो ।
सोही अभियान अन्तरगत सोमबार मात्रै पर्सा प्रहरीले प्रहरीले मिति सकिएको झण्डै ६ लाख मुल्य बराबरको खाद्य वस्तुमा नयाँ मिति राखेर विक्री गर्नेहरु माथि कारवाही समेत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्