भोजपुरमा एक्काइस हजार बढी मास्क सहयोग

भोजपुर । कोरोना सङ्कटको जोखिम बढी रहेको भन्दै भोजपुरको पौवादुङमा गाउँपालिकाका व्यवसायी हर्क कोइरालाले साढे एक्काइस हजार बढी मास्क विभिन्न क्षेत्रलाई सहयोग गर्नु भएको छ ।
भोजपुरको पौवादुङमा गाउँपालिकाका व्यवसायी कोइरालाले विद्यालय, सरकारी कार्यालय, प्रहरी कार्यालय र सञ्चार गृहहरूलाई मास्क सहयोग गर्नु भएको छ । गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालयलाई ६ हजार, २५ प्राथमिक विद्यालयलाई ७ हजार ८ सय र दुई वटा आधारभूत विद्यालयलाई ८ सय मास्क सहयोग गर्नु भएको हो ।
यसै गरी कोइरालाले गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरूमा ६ सय, इलाका प्रहरी कार्यालय तिवारीभञ्याङ र दुई वटा प्रहरी चौकीलाई ६ सय, वडा कार्यालयहरूलाई ६ सय र २ वटा निजी विद्यालयलाई ५ सय ५० वटा मास्क सहयोग गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरलाई ४ हजार र नेपाल पत्रकार महासङ्घ भोजपुरलाई पनि ६ सय गरी २१ हजार ६ सय ५० मास्क सहयोग गरेको कोइरालाले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष किरण राई लगायतको उपस्थितिमा गाउँपालिकामा सोमवार कोइरालाले विभिन्न क्षेत्रलाई मास्क सहयोग गर्नु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्