तपाईँ सुन्दै हुनुहुन्छः

सबै प्रदेशका विमानस्थलहरुको स्तरउन्नती गरिनेः पर्यटनमन्त्री भट्टराई


विराटनगर । संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश कुमार भट्टराईले सबै प्रदेशमा रहेका विमानस्थलहरुको स्तरउन्नती तथा पुर्वाधार विकासको कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ ।

विराटनगर विमानस्थलको विकास र विस्तारसँगै अन्तराष्ट्रियस्तरका विमानस्थल निमार्णका लागि विराटनगरमा आज आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा उहाँले नयाँ विमानस्थल बनाउने भन्दापनि भएका विमानस्थललाई व्यवस्थित गर्नेतर्फ सरकार लागेको बताउनुभयो ।

उहाँले आन्तरिक उडानका लागि एउटा विमानस्थल बनाउँदा एक अर्वभन्दा बढि खर्च लाग्ने भएकाले नयाँ विमानस्थल बनाउने भन्दा पनि प्रदेशमा रहेका सबै विमानस्थलको स्तरउन्नती गर्दै हवाई उडानको हवको रुपमा विकास गरिने बताउनुभयो ।

उहाँले प्रदेश न १ पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण रहेकाले पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि संघीय सरकारले प्रदेश र स्थानीय तहसँगको साझेदारीमा विभिन्न कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।

मन्त्री भट्राईले प्रत्येक प्रदेशमा पर्यटकीय गाउँ तथा हिल स्टेसन बनाउने योजना सरकारले अघि सारेको र पर्यटनको माध्यमबाट तराई मधेसलाई जोडनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले कोभिड–१९ का कारणले मुलुकलाई अक्रान्त पारेको अवस्थामा पनि सरकारले उल्लेखनीय रुपमा विकास निमार्णको कामहरु गरिरहेको बताउनुभयो । पुर्वका विमास्थलहरुबाट वङगलादेश, सिक्किम, म्यानमार तथा श्रीलंकाका लागि विमान सेवा सञ्चालन गर्ने तयारीमा समेत सरकार रहेको उहाँले बताउनुभयो ।

प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले अन्तराष्ट्रिय विमानस्थलको रुपमा गर्न लागिएको विराटनगर विमानस्थलको बिस्तारले १ नम्वर प्रदेशमा समृद्धिको ढोका खुल्ने बताउनुभयो ।

उहाँले विमानस्थलको विस्तारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएकाले अब मन्त्री परिषद्बाट प्रस्ताव पारित गरी निमार्ण प्रक्रियालाई तत्काल अघि बढाउनुपर्नेमो जोड दिनुभयो ।

प्रदेश नं. १ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसैयतले विमानस्थलको विकाससँगै पर्यटकीय तथा सबै क्षेत्रको विकासमा थप टेवा पुग्ने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले तीनवटै तहका सरकारको सहकार्यमा र साझेदारीमा स्तरउन्नती गर्न लागिएको विमानस्थलको काममा जनस्तरको सहयोग आवश्यक रहेको बताउनुभयो ।

संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, प्रदेश न १ सरकार तथा विराटनगर महानगरपालिकाको लागत साझेदारी सो विमानस्थल विस्तार गर्न लागिएको हो ।

कार्यक्रममा नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, प्रदेश नंं. १ उधोग पर्यटन वनतथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काप्mले तथा विराटनगर महानगरपाकिालका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले त्रिपक्षीय रुपमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सो विमानस्थलको धावनमार्गलाई अव तीन हजार मिटर क्षेत्रफलमा विस्तार गर्ने तथा जग्गा अधिग्रहन गरी विमानस्थललाई थप विस्तार गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button