तपाईँ सुन्दै हुनुहुन्छः

तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

भक्तपुर । सुर्यविनायक नगरपालिका–३ बालकोटस्थित पुर्वेली खाजा घरमा तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त खाजा घरका सञ्चालक बालकोट बस्ने सोलु नेचा घर भएका ४१ वर्षीय तेन्जो राई, सुनसरी धरान उपमहानगरपालिका–१५ का ३४ वर्षीय दिपेन्द्र लिम्बु, सोही ठाउँ घर भएका ३६ वर्षीय हरि बहादुर सिंजाल मगर, उदयपुर गाईघाट नगरपालिका–१३ घर भएका ३६ वर्षीय शंखर रेग्मी र रामेछाप मन्थली नगरपालिका–१ घर भएका २६ वर्षीय नितेश घिमिरे रहेका छन् ।

खाजा घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले नगद १० हजार दुई सय ९० रुपैयाँ र पाँच बुक ताससहित पक्राउ गरेको प्रभागका इन्चार्ज सई प्रकाश बगालेले बताउनुभयो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button