तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता

सुनसरी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रीहरुसँग शुक्रबार कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

मुख्यमन्त्री शेरधनले राईले आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैत र सामाजिक विकास मन्त्री जीवन घिमिरे सँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।

सम्झौतामा मन्त्रीले गर्नुपर्ने काम समयसीमा लगायत विषय समावेश गरिएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button