बाजुराको कवाडी खोलामा बगेर एकै परिवारका पाँच बेपत्ता
राजेन्द्र बिक, बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न ५ स्थित कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा न ५ कवाडीका धर्म नेपालीकी श्रीमती सत्ता नेपाली लगायत उनकी ३ छोरी र १ छोरा रहेका छन् ।
शुक्रबार दिउँसो छोराछोरी सहित खोलामा नुहाउन गएका बेला छोराछोरी र आमा समेत बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताउनुभयो ।
बेपत्ता हुनेमा ३० वर्षीया सत्ता नेपाली उनकी छोरी वर्ष ५ की आरती नेपाली, वर्ष ४ की सन्तोसी नेपाली वर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली रहेका प्रहरी निरीक्षक ठगुन्नाले बताउनु भयो ।
बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्