अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारीसहित सात जनामा कोरोना सङ्क्रमण पुष्टि

अर्घाखाँची । अर्घाखाँचीममा प्रमुख जिल्ला अधिकारीसहित सात जनाका कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।
सङ्क्रमित हुनेहरुमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, उनका सवारी चालक, स्वास्थ कार्यलयका सुचना अधिकारी बिजय बिकलगायत अन्य तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिनुभयो ।
असोज ६ गतेदेखि परेको अविरल बर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा भएको बिपद् ब्यवस्थापन उद्धार, राहत र पुनस्थापनामा खटिएकै अवस्थामा स्वास्थ्यमा समस्या आएपछि प्रमुख जिल्ला अधिकारीलगायत १० जनाको स्वाब संकलन गरी गुल्मी प्रयोगशालामा पठाइएको थियो । ती दश जनामध्ये सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
आजै जिल्ला प्रशासन कार्यलयल अर्घाखाँचीले एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यलयबाट हुने कामहरु नियमित रुपमा सञ्चालन हुने जानकारी दिएको छ । साथै स्वास्थ सुरक्षाका मापदण्ड अपनाएर काम गर्न अपिल समेत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्