कपिलवस्तुमा आधा किलो सुनसहित दाजु बहिनी पक्राउ

कपिलवस्तु । आधा किलो सुनसहित कपिलवस्तुबाट दाजु बहिनी पक्राउ परेका छन् ।
जिल्लाको मायादेवी गाउँपालिकामा आधा किलो अवैध सुनसहित दाजु बहिनी पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट आधा किलो २४ क्यारेटको सुन र १८ क्यारेटको सुनको सिक्री एक थान र एक थान औँठी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा मायादेवी–७ बनकसीयाबाट उनीहरु पक्राउ परेका हुन् ।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार बरामद गरिएको सुनको मूल्य ४२ लाख रुपैयाँभन्दा बढी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्