रुपन्देहीमा थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि

रुपन्देही । रुपन्देहीमा आज थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आज सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ५४ जना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
त्यसैगरी तिलोत्तमा नगरपालिकामा १६ जना, सिद्धार्थनगर नगरपालिकामा आठ जना, मायादेवी र रोहिणी गाउँपालिकामा एक/एक जना सङ्क्रमित थपिएका छन् । यसैगरी सियारी गाउँपालिकामा दुई जना , सैनामैना नगरपालिकामा चार र शुद्धोधन गाउँपालिकामा पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् ।
योसँग रुपन्देहीमाकोरोना सङ्क्रमितको कुल संख्या दुई हजार सात सय दुई पुगेको छ भने हालसम्म एक हजार नौ सय ४७ जना निको भएर घर फर्किएका छन् भने सात सय ३० जना सक्रिय सङ्क्रमित रहेका छन् ।
स्वास्थ्य कार्यालयका तथ्याङक अधिकृत ओम प्रकाश गुप्ताका अनुसार जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्