तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाले बन्द भएका भोजपुरका बिद्यालयहरु पुन सुचारु


भोजपुर । कोरोना संकटका कारण र्चैत्रबाट बन्द भएका भोजपुरका बिद्यालयहरुमा पुन पठनपाठन शुरु भएको छ ।

स्वास्थ्य सावधानी र सामाजिक दुरी कायम गराउँदै कोरोना संक्रमणका कारण बन्द भएका बिद्यालयहरु पुन शुरु भएको बिद्यालयहरुले जनाएका छन । भोजपुर नगरपालिका क्षेत्रका बिद्यालयहरु बिहीबारबाट सुचारु भएका छन ।

भोजपुर नगरपालिकाले गरेको बिद्यालयका प्रधानाध्यापक र शिक्षकहरुसँगको छलफल पछि १५ गतेबाट बिद्यालयहरु खुलाउने निर्णय भएको थियो । बिद्यालयमा पठनपाठन सुचारु गर्न बिद्यालयहरुले समेत आवश्यक तयारी गरेकाले सोही अनुसार बिद्यालय संचालन हुने बिद्योदय माध्यामिक बिद्यालय भोजपुरका शिक्षक खोमराज धमलाले बताउनु भयो ।

लामो समयसम्म पठनपाठन सुचारु हुन नसकेकाले नगरपालिकाले गरेको निर्णय अनुसार बिद्यालय संचालन गरिएको शिक्षक धमलाको भनाई रहेको छ । सरकारी बिद्यालयका साथै सदरमुकाम र आसपासमा रहेका निजी बिद्यालयहरु समेत संचालन आएका छन ।

कोरोना संकट हटी नसकेकाले बिद्यार्थीहरुलाई स्वास्थ्यका सामाग्री लगाएर सुरक्षित रुपमा पठनपाठन गराउने विषयमा नीजि बिद्यालयहरु समेत सचेत रहेको ती बिद्यालयहरुले जनाएका छन । नगरपालिकामा भएको सामुदायिक तथा नीजि बिद्यालयहरुसँग भएको छलफल अनुसार सुरक्षा सावधानी र स्वास्थ्यका मापदण्ड अपनाएर बिद्यालय खोल्ने निर्णय भएको भोजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले जानकारी दिनु भयो ।

भोजपुर नगरपालिकाका साथै जिल्लाका ग्रामीण क्षेत्रमा रहेका बिद्यालयहरुमा समेत गाउँपालिकाको निर्णय अनुसार पठनपाठन शुरु गरिएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button