तपाईँ सुन्दै हुनुहुन्छः

प्रज्ञा–प्रतिष्ठानद्वारा ‘लोकसाहित्य सिद्धान्त’ प्रकाशित

काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले मौलिक कृति प्रकाशनका क्रममा ‘लोकसाहित्य सिद्धान्त’ नामक बृहत ग्रन्थ प्रकाशन गरेको छ ।

प्राज्ञसभा सदस्यसमेत रहनुभएका प्रा.डा. कपिलदेव लामिछानेद्वारा लिखित उक्त ग्रन्थ साहित्य(बालसाहित्य र लोकवार्ता) विभागको परियोजना कार्यअन्तर्गत तयार पारिएको हो ।

लोकवार्ता, लोकसाहित्य, लोकगीत, लोकगाथा, लोककविता, लोककाव्य, लोककथा, लोकनाटक, गाउँखाने कथा, उखानटुक्का, लोकबाजा र नेपाली लोकसाहित्यको सङ्कलन तथा अध्ययनको परम्पराजस्ता मूल शीर्षकका तेह्र परिच्छेदअन्तर्गत विभिन्न उपशीर्षकमा विभाजित प्रस्तुत कृतिमा सम्बन्धित विधाको सैद्धान्तिक जानकारीका साथै प्रकार र उदाहरण समावेश छन् ।

विभागका प्रमुख प्राज्ञ डा.देवी नेपालले लोकसाहित्यको कुनै पनि क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न चाहने अनुसन्धानदाता र जिज्ञासु पाठकका लागि पनि कृति उपयोगी रहेको बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button