तपाईँ सुन्दै हुनुहुन्छः

झापामा एकै दिन लागुऔषधसहित चारजना पक्राउ

भद्रपुर, झापा- झापामा छुट्टाछुट्टै स्थानमा लागुऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विशेष सूचनाका आधारमा मंगलबार बिर्तामोड–३ सैनिकमोडमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कचनकवल–३ बस्ने २२ वर्षीय सदाम राजवंशी र वडा नं ४ बस्ने ३९ वर्षीय नरबहादुर राजवंशीलाई १२ ग्राम लागुऔषधसहित पक्राउ गरिएको छ भने सोही दिन विर्तामोड–५ महानन्द चोकमा चेकजाँचका क्रममा मेचीनगर १३ निवासी २२ सदाम राजवंशी र विनायक मानन्धरलाई ३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।
उनहिरुलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button