तपाईँ सुन्दै हुनुहुन्छः

देशभर संचालनमा आए सहुलियत मूल्य पसल

काठमाडौं । सरकारले बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गर्दै सरकारले सहुलियत पसल संचालनमा ल्याएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुशार सरकारले काठमाडौँ उपत्यकामा १६ स्थानसहित देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालनमा ल्याउन लागेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुरलगायत ११ ठाउँमा सहुलियत पसल हुने छन् । त्यसैगरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यकाबाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।

काठमाडौँ उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ ।

चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसल सञ्चालन गर्दै आइरहेको छ । सरकारले यो वर्ष पनि त्यसैको निरन्तरता दिएको हो । सहुलियत पसल आउँदो मङ्सिर ६ सम्म सञ्चालन गरिने छ ।

सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासु लगायतका समानहरुमा सहुलियत दिइनेछ ।
सहुलियत मूल्य पसलमा चामलमा प्रतिकिलो पाँच रुपियाँ, नुनमा प्रतिकेजी दुई रुपियाँ, वासमती चामल, गेडागुडी वा कर्णालीको सिमीमा प्रतिकिलो १० रुपियाँ छुट पाइने छ भने चिनीमा प्रतिकेजी पाँच रुपियाँ छुट पाइने छ । त्यसतै च्याङ्ग्रा र खसीबोकामा जिउँदो मूल्यमा प्रतिकेजी रु। १० छुट र डीडीसी घिउमा प्रतिलिटर ३० रुपियाँ छुट दिइनेछ ।

सहुलियत पसलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संसथान ९डीडीसी०ले बिक्री गर्ने सामानमा न्यूनतम दुई रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म छुट हुनेछ ।

यो वर्ष सरकारले अनलाइनबाट समेत सामान खरिदको व्यवस्था मिलाएको छ । उपत्यका र सुर्खेतका उपभोक्ताका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने चामल, दाल, गेडागुडीलगायत अनलाइनबाट खरिद गर्न सकिने थप व्यवस्था मिलाइएको हो ।
यो वर्ष कोभिड–१९ का कारण भीडभाड नहोस् भनेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत सामान खरिद गर्नसक्ने व्यवसथा गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button