रेल्वेमा जागिरका लागि ३२ हजारको आवेदन
जनकपरधाम । जनकपुर–जयनगर ब्रोडगेज रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न २९ पदमा कर्मचारी माग गर्दा ३२ हजारको आवेदन परेको छ ।
अन्तिम म्याद १२ असोज सम्म दिएकोमा करिब ३२ हजारले आवेदन दिएको कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।
उहाले कुन पदमा कति जनाले आवेदन दिएका छन् त्यस विषयमा आवेदन केलाउने काम भइरहेको बताउनुुभयो । विभिन्न २९ पदमा १ सय २९ जना कर्मचारीको माग गरिएको कम्पनीले जनाएको छ ।
३२ हजार मध्ये पहिलो चरणमा शैक्षिक योग्यता, अनुभव लगायतका आधारमा उपयुक्त उम्मेदवारको सूची सार्वजनिक गरिने महाप्रबन्धक भट्टराईले बताउनु भयो ।
रेल सञ्चालनका लागि जयनगर देखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरमा सवै प्रकारको पूर्वाधारहरु निर्माण भईसकेको र कुर्था देखि महोत्तरीको विजलपुरासम्म पूर्वाधारको निर्माण अन्तिम चरणमा पुगेको रेल विभागका साईट कार्यालयका ईन्जिनियर विनोद ओझाले जानकारी दिनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्