तपाईँ सुन्दै हुनुहुन्छः

खर काट्ने क्रममा भिरबाट लडेर मृत्यू

बैतडी । खर काट्ने क्रममा आज भिरबाट लडेर बैतडीमा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन् ।

आमाबुवासंगै खर काट्न गएका धामीको बुधबार बिहान ११ बजेतिर स्थानीय कुलीवान भिरबाट लडेर ज्यान गएको सिगास गाउँपालिका वडा नं २ का वडाअध्यक्ष प्रेम सिंह धामीले जानकारी दिनुभयो ।

भिरबाट लडेर करिब २०० मिटर तल खसेका धामीको घटनास्थलमै मृत्यु भएको हो । आजभोली बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा खर काट्ने चटारो परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button