तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गएराति पर्साका एक सय २९ जनाको परीक्षण गर्दा नारायणी अस्पतालको क्वाटरमा बस्ने एक जना स्वास्थ्यकर्मी, वीरगञ्ज घण्टाघर नजिकै रहेको आर्मी ब्यारेकका चार जना सैनिक जवानसहित थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रबक्ता डा.अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

त्यसैगरी थपिएका अन्य सङ्क्रमितहरुमध्ये वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा चार र वडा नम्बर ६, ११ र १५ मा एक÷एक जना रहेका छन् ।

त्यसैगरी छिमेकी जिल्ला बारामा पनि पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बारामा थपिएका सङक्रमितमध्ये बारागढी गाउँपालिका वडा नम्बर १ र ४ मा एक÷एक जना, पर्सौनी गाउँपालिका वडा नम्बर ४ मा एक जना, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा एक जना र परवानीपुर गाउँपालिकामा एक जना गरी पाँच जना रहेको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

नारायणी अस्पतालमा गरिएको परिक्षणमा मकवानपूर र रामेछापका एक÷एक जना बासिन्दामा पनि संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताउनुभयो ।

थपिएका संक्रमितहरु १७ देखि ५५ वर्ष उमेर समूहका रहेको र उनीहरुको सिटि भ्यालु १७ देखि ३१ सम्म रहेको प्रबक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button