तपाईँ सुन्दै हुनुहुन्छः

‘नियमित हात धुँदा ३६.५ प्रतिशत संक्रमणमा कमी आउँछ’

रुपन्देही । प्रदेश ५ का भौतिक तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले नियमित रुपमा साबुन पानीले हात धुँदा मात्र ३६ दशमलव ५ प्रतिशत कोभिड १९ को संक्रमणमा कमी ल्याउने बताउनुभएको छ ।

भौतिक तथा पुर्वधार विकास मन्त्रालय प्रदेश ५ ले आयोजना गरेको साबुन पानीले हात धुने अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले कोभिडको संक्रमण हुनु पूर्व प्रदेश ५ मा ८५ प्रतिशतले नियमित हात धुने गरेकोमा हाल ९० प्रतिशतले हात धुने गरेको तथ्याङ्क युनिसेफले सार्वजनिक गरेको बताउनुभयो ।

युनिसेफ प्रदेश ५ का प्रतिनिधि राकेश मल्लिकले कोभिडपछि प्रदेशमा नियमित रुपमा साबुन पानीले हात धुनेहरुको संख्या बढेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button