तपाईँ सुन्दै हुनुहुन्छः

चार अनुसन्धान केन्द्रमा वर्षेनी करोडौं बजेट, उपलब्धि शुन्य

जुम्ला । चालु आर्थिक वर्षमा भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौरमा १ करोड ९४ लाख बजेट विनियोजन भएको छ ।

कर्मचारी तथा आबश्यक पूर्वाधारको अभावले वर्षेनि करोडौ बजेट विनियोजन भएपनि उपलब्धी भने हाल सम्म शुन्य छ । २०२८ सालमा राजा महेन्द्रले स्थापना गरेको गुठिचौर गाउँपालिका स्थित भेडाबाख्रा अनुसन्धान केन्द्रले बितेको ५ दशकमा पनि खास्सै उपलब्धि निकाल्न सकेन् ।

नयाँ भेडासँग स्थानीय जातको भेडा क्रस गरी उन्नत जातको भेडा उत्पादन गरी देशभर विक्री गर्ने मुख्य जिम्मेबारी रहेको केन्द्रमा जनशक्ति र प्रयोगशाला लगायतको अभावले गर्दा माग अनुसार आपुर्ति गर्न सकेको छैन ।

त्यस्तै, कृषि अनुसन्धान प्रतिष्ठान(नार्क) विजयनगरमा चालु आवका लागि २ करोड ४० लाख विनियोजन भएको छ । विगतका वर्षमा यो भन्दा पनि बढी नै बजेट विनियोजन भएको थियो । नार्कले यहाँको उन्नत जातको धान, सिमि लगायतका बालीमा अनुसन्धान गर्ने हो ।

तर हाल सम्म के भईरहेको छ, कसरी काम गरिरहेको छ, कुन बालीमा अनुसन्धान भईरहेको छ ? भन्ने बारे स्वयम किसान तथा सरोकारवाला नै अनविज्ञ छन् । उन्नत जातको धान उत्पादनका लागि अनुसन्धान गरी कृषि उत्पादनमा बृद्धि गर्ने, किसानको जीविकोपार्जनमा सुधार गर्ने र थोरै श्रममा धेरै नाफा लिने खालको नयाँ कृषि प्रविधि भित्राउने जिम्मेवारी भएपनि नार्क आफ्नै तरिकाले अघि बढेका छ ।

साथै, चालु आवमै बाग्वानी अनुसन्धान केन्द्र राजीकोटमा १ करोड ९३ लाख,उच्च पर्वतिय अनुसन्धान केन्द्र गुठिचौरमा १ करोड २४ लाख विनियोजन भएको छ । तर यी दुबै अनुसन्धान केन्द्रको अनुसन्धान पाटोलाई हेर्ने हो भने नयाँपन छैन् ।

बाग्वानी अनुसन्धान केन्द्रले उन्नत जातको आलु देखि अन्य कृषि उपजको अनुसन्धान गर्ने जिम्मेवारी हो । तर, केन्द्रले उन्नत जातको आलु उत्पादनको परिक्षण कहाँ भईरहेको छ, कहाँका किसानले लाभ लिईरहेका छन् ? भन्ने बारे अधिंकाशलाई थाहा छैन् ।

त्यस्तै उच्च पर्वतिय अनुसन्धान केन्द्रमा पनि कर्मचारीकै अभावमा अनुसन्धान वर्षौदेखि शुन्य नै छ । भने, वनस्पती अनुसन्धान केन्द्रको अनुसन्धान पाटो पनि शुन्य नै देखिन्छ ।

जिल्लामा रहेका पाँचवटा अनुसन्धान केन्द्रमा वर्षेनिक करोडौ बजेट विनियोजन हुने भएपनि उपलब्धी शुन्य जस्तै देखिएको पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरम महतको टिप्पणी छ । अध्यक्ष महतले एक कार्यक्रममा जिल्लाका चार वटै अनुसन्धान केन्द्रले गरेको काम बारे पत्रकारलाई जानकारी दिन अनुरोध गर्दा पनि आलटाल गरेको प्रति आपत्ती जनाउनुभयो ।

बाग्वानी अनुसन्धान केन्द्र राजीकोटका बैज्ञानिक यूवराज भुसालले आबश्यक जनशक्ति अभावकै कारण अनुसन्धान प्रभावित भएको बताउनुभयो ।

त्यस्तै भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौरका बैज्ञानिक रशेम शाहले भौगोलिक विकटताकै कारण कुनै पनि कर्मचारी दिगो नबस्ने समस्याले गर्दा अनुसन्धान प्रभावकारी भएको बताउनुभो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button