कोरोना भाइरसको सङ्क्रमणका कारण थप १० जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या चार सय ९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले तीन जना महिला र सात जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा सर्लाहीकी ७२ बर्षीया महिला, काठमाडौँकी ५७ बर्षीया महिला र बाँकेकी ७६ बर्षीया महिलाको मृत्यु भएको हो भने मोरङका ६८ बर्षीय पुरुष , महोत्तरीका ५८ बर्षीय पुरुष , काठमाडौँका ६० र ७० बर्षीय पुरुष , बाँकेका ५३ र ३९ बर्षीय पुरुष, र चितवनका ५५ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्