तपाईँ सुन्दै हुनुहुन्छः

फरार अभियुक्त पक्राउ

डडेल्धुरा । डडेल्धुरा जिल्ला अदालतको फरार सुचीमा रहेका एक अभियुक्त आज पक्राउ परेका छन ।

२०७७ साल भदौ १ गतेको अदालतको फैसलाले लागु औषध (चरेश) मुद्धामा १ वर्ष ६ महिना कैद र दश हजार जरिवाना गरिएको फरार अभियुक्त अमरगढी न.पा. ६ बस्ने बिर्खे बोहरालाई प्रहरी चौकी पोखराका प्रहरी नायब निरिक्षक शेरबहादुर बुढाऐरको नेतृत्वको टोलीले भालुमारेबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बोहरालाई आजै जिल्ला अदालत उपस्थित गराई कैद भुक्तानका लागी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button