तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी खोलाको बाढीले धानबालीमा क्षति

सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ्ग गाउँपालिकामा सुनसरी खोलाको बाढीले धान बालीमा क्षति पुगेको छ ।

लगातर परेको अबिरल वर्षाले खोलामा आएको बाढीले भोक्राहा नर्सिङ्गको नसिङ्ग गाउँमा पस्दा सयौं विघाहाको धानबाली डुबानमा परेको क्षति पुगेको हो ।

खोलाको बाढीले किसानहरुले लगाएको धानबालीमा क्षति पुगेको किसान रामेश्वर यादवले बताउनुभयो । वर्षाको पानी खेतामा जमेको र हावाले समेत धान खेतमै खसेकाले धान खेतमै उम्रन थालेको भोक्राहा नरसिंह ७ का किसान भोला मेहताले बताउनुभयो ।

बाढीबाट नरसिंह ७ का प्रायजसो किसानको धानबाली र तरकारी बालीमा क्षति भएको बताइएको छ ।

एक सय १० बिघाहा भन्दा बढी क्षेत्रमा लगाइएको धान क्षति भएपछि समस्यामा परेकाले स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग किसानहरुको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button