तपाईँ सुन्दै हुनुहुन्छः

गत २४ घण्टामा उपत्यकामा ९ सय ३४ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । उपत्यकामा आज थप ९ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा ७ सय ४७, ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जना गरी आज उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर ५ सय ५६ जना महिला र ९ सय ५७ जना पुरुष गरी एक हजार पाँच सय १३ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७६ हजार दुई सय ५८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button