तपाईँ सुन्दै हुनुहुन्छः

सेती प्रादेशिक अस्पतालमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा धनगढी उपमहानगरपालिका १ की कोरोना संक्रमित ६३ बर्षीया महिलाको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो । श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ७ गते अस्पताल भर्ना भएकी ती महिलामा असोज १० गते कोरोना संक्रमण पुष्टी भएको थियो ।

योसंगै कैलालीमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button