तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ४४ जना कोरोना संक्रमित निको भई डिष्चार्ज

नेपालगन्ज। बाँकेमा आज थप ४४ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ५ सय ७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

बाँकेमा विरामी निको हुने दर ८१.०२ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ३ सय ४० जना छन् । बाँकेमा हालसम्म १ हजार ८ सय ६० जनामा कोरोना पुष्टि हुँदा १५ जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button