तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनाबाट थप २ दुई जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोना संक्रमणबाट दुई जना पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुर १० का ५३ बर्षीय पुरुष र नेपालगञ्ज ७ का ३९ बर्षीय पुरुषको आज विहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

कोहलपुरका पुरुषमा असोज ६ गते कोरोना पुष्टि भएको थियो । मधुमेहको समेत समस्या भएका ती पुरुषको दुबै फोक्सोमा निमोनिया भएको थियो । उनको मंगलबार विहान सवा ४ बजे मृत्यु भएको हो । उनी नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका कर्मचारीको श्रीमान रहेको बताइएको छ ।

त्यस्तै उच्च रक्तचापको समेत समस्या भएका नेपालगन्जका पुरुषमा भदौ ३१ गते कोरोना पुष्टि भएको थियो । उनको आज विहान साढे ३ बजे मृत्यु भएको हो । उनी नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका कर्मचारी हुन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button