भन्सार छलीको मालसामान र पशु चौपाया भन्सार दाखिला

बारा । बारा प्रहरीले सात लाख मूल्य बराबरको भन्सार छलीको मालसामान भन्सार दाखिला गरेको छ । प्रहरीले बाराको विभिन्न ठाउँबाट बरामद गरेको करिब सात लाख मूल्य बराबरको मालसामान भन्सार दाखिला गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले कलैया उपमहानगरपालिका वडा नं.२० र सिम्रौनगढ नगरपालिका वडा नं. ६ बाट भन्सार छलीको .६ लाख २ सय ४० मूल्य बराबरको लत्ताकपडा र उक्त लत्ताकपडा ओसारपसार गर्न प्रयोग गरिएको दुई थान मोटरसाइकल बरामद गरेको थियो ।त्यस्तै सुवर्ण गाउँपालिका वडा नं.३ बाट प्रहरीले भारतबाट नेपाल भित्राएको तीन वटा भैँसी र ६ वटा पाडो बरामद गरेको थियो । बरामद चौपायाको भन्सार दाखिला मूल्य १ लाख १ हजार सात सय रहेको छ । बरामद मालसामान र पशु चौपायालाई आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्