बाँकेमा थप २९ जना कोरोना संक्रमित निको भई डिष्चार्ज

नेपालगन्ज। बाँकेमा आज थप २९ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ६३ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेमा विरामी निको हुने दर ८०.३४ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ३ सय ४५ जना छन् । बाँकेमा हालसम्म १ हजार ८ सय २१ जनामा कोरोना पुष्टि हुँदा १३ जनाको भने मृत्यु भइसकेको छ ।






प्रतिक्रिया राख्नुहोस्