गाडी दुर्घटना हुँदा एकै परिवारको तीन जनाको मृत्यु
बारा । बाराको पथलैयामा आज साँझ सवारी दुर्घटना हुँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटी चालक निजगढ नगरपालिका वडा नं.१० बस्ने बर्ष २५ का तिर्थमान स्याङगतान, उनकी श्रीमती २२ वर्षीयाका ज्योती स्याङगतान र एक वर्षका काखे बच्चा रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
पथलैयाबाट निजगढतर्फ जाँदै गरेका स्कुटी र निजगढ तर्फबाट आउँदै गरेको बस पथलैयाको दुधौरा खोला नजिक एक आपसमा ठोक्किएका थिए ।
बसको ठक्करबाट स्कुटीमा सवार तीनै जनाको घट्ना स्थलमै मृत्यु भएको थियो ।
चालक बस छाडी फरार भएका छन् भने बसलाई ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ ।
चालक र दुर्घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्