तपाईँ सुन्दै हुनुहुन्छः

नीति तथा योजना आयोगको वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण

जनकपुरधाम । प्रदेश नंं २ को नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई आज हस्तान्तरण गरेको छ ।

आयोगका उपाध्यक्ष प्राध्यापक डा. भोगेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो ।

आयोगले गत आर्थिक वर्षमा गरेको कामहरुको विवरण समेट्दै ४२ पृष्टको प्रतिवेदन तयार पारेको छ । आयोगले आफ्नो प्रतिवेदनमा गत आर्थिक वर्षको उपलब्धिहरु समेटेका छन् । उपलब्धिमा प्रदेश सरकारको नीति तथा कार्यक्रम, विषयगत मन्त्रालयको बजेट सिमा निर्धारण र मार्ग दर्शन, मध्यकालिन खर्च संरचना, प्रदेशको प्रथम आवधिक योजना, दीगो विकासको लक्ष्यहरुको मार्गचित्र उल्लेख रहेको छ ।

यसै गरि प्रदेशको जानसाँख्यीक अवस्था, प्रदेशको प्रोफाइल निर्माण, प्रदेश अनुगमन, तथा मुल्यांकन दीग्दर्शन, प्रदेश योजना तथा कार्यक्रम दीग्दर्शन निर्माण आदि विषय वस्तुहरु समेट्ने काम भएको आयोगका उपाध्यक्ष डा. झाले जानकारी दिनु भयो ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, आयोगका उपसचिव ठूलोबाबु दहाल सहितको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button