तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउदा दम्पत्तीको मृत्यु

मकवानपुर । मकवानपुरमा खोलाले बगाउँदा एक दम्पत्तिको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नंं. ६ स्थित झल्लामा सामरी खोला तर्ने क्रममा बगेर श्रीमान–श्रीमतीको मृत्यु भएको मकवानपुरगढी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष टीका दाहालले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा सोही स्थानका स्थानीय ५९ बर्षीय ज्ञान बहादुर दर्जी र उनकी श्रीमती तुलसा माया दर्जी रहनु भएको छ । घरबाट मकवानपुरगढी गाउँपालिका कार्यालयमा जाने क्रममा सिमाना रहेको खोलाले बगाएको स्थानीयहरुले बताएका छन् ।

यसअघि दुध लिएर डेरी आउने क्रममा सामरीले बगाउँदा एक जनाको मृत्यु भएको थियो । नदीमा पुल नबनेका कारण स्थानीयहरुको ज्यान जानेक्रम नरोकिएको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button