तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना कहर : सुनसान सल्यानका पर्यटकीय स्थल

सल्यान । कोरोनाको महामारी फैलने डरले सरकारले लगाएको लकडाउनका कारण सल्यानका पर्यटकीय क्षेत्र सुनसान बनेका छन् ।

जिल्लाका धार्मिक, सांकृतिक, ऐतिहासिक महत्वका पर्यटन क्षेत्रमा सर्वसाधारणको आवगमन नहुँदा सुनसान भएका हुन् ।

सरकारले घोषणा गरेको देशका एक सय पर्यटकीय स्थल मध्येको एक जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र कुपिण्डे ताल , खैरावाङ भगवती मन्दिर, देशकै बलि नचढ्ने छत्रेश्वरी शक्तिपीठ, कालिमाटी गंगामाला भगवती मन्दिर, कछुवा दह, लक्ष्मीपुर शक्तिपीठ, मोखला शिव गुफा, कुमाख लेखलगायतका क्षेत्रमा पर्यटकहरु नआउदा सुनसान बनेका छन् ।

पर्यटकको आवागमन नहुँँदा स्थानीयस्तरमा सञ्चालनमा रहेका होटल तथा लजहरु पनि बन्दप्राय भएका छन् । बन्दाबन्दीका कारण धेरै होटल तथा लजहरु बन्द अवस्थामा रहेको होटल व्यवसायी संघका अध्यक्ष धु्रव भण्डारीले बताए । होटल तथा लजहरु बन्द हुदाँ धेरैले रोजगारी समेत गुमाएको उनको भनाई छ ।

यसअघि दैनिक दुई सयदेखि तीन सय पर्यटक आउने कुपिण्डे ताल लकडाउनका कारण बन्द हुँदा डुंगा चलाएर जीविकोपार्जन गर्नेहरु समस्यामा परेका छन् । डुंगा चलाउने प्रमुख व्यावसाय बनाएका सबै अहिले संकटमा परेको डुंगा चालक धन बहादुर पुनले बताए । उनले भने कोरोना कहरले हाम्रो रोजीरोटी खोसिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button