तपाईँ सुन्दै हुनुहुन्छः

तीन देखि अबरुद्ध बुटवल तानसेन सडक सन्चालन हुन सकेन

दोभान -पहिरोका कारण शुक्रबारबाट अबरुद्ध बुटवल पाल्पा सडकखण्ड अझै खुल्न सकेको छैन ।सडक खण्डको विभिन्न ठाउँमा गएको पहिरोका कारण तीन दिन देखि सडक खुल्न नसकेको हो ।

चिडियाखोला देखि झुम्सा सम्मको सडक सफा गरिएको छ भने सिसुवामा ठूलो ढुङ्गा खसेकोले अझै केही घण्टा सडक सुचारु गर्न समय लाग्ने प्रहरीले जनाएको छ ।

बुटवलबाट पाल्पातर्फ जान लागेका सबारी साधन बुटवलमै रोकिएका छ्न ।पाल्पाबाट बुटवल तर्फ जाने सबारी भने तानसेनमै रोकिएको छ ।मौसम अनुकुल भए आइतबार दिउसो सम्म सडक खुल्ने संभावना रहेको प्रहरीले जनाएको छ । सडकमा ठुला ठुला ढुङ्गा रहेकोले सडक सुचारु गर्न समस्या भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button