तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर एक युवाको मृत्यु

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । खरबारीमा घाँस काट्ने क्रममा रेश नीवासी २० वर्षीय प्रेमबहादुर थापाको शुक्रबार मृत्यु भएको हो ।
घाँस काट्नका लागि अफ्ठेरो भीरमा पुगेका थापाको खुट्टा चिप्लिएपछि २० मिटर तल खस्नुभएको थियो । उहाँको घटनास्थलमानै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । घटनास्थलमा प्रहरी पुगेको छ । शवको पोस्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button