तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा ट्रकले ठक्कर दिंँदा मोटरसाइकल चालकको मृत्यु

चितवन। भरतपुरमा ट्रकले ठक्कर दिंँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ बस्ने पुरेन्द्र गिरी रहेका छन ।

जिल्ला प्रहरी कार्यालय , चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार
आज राती .९ बजेर ५० मिनेट जांँदा भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जंगलमा पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आईरहेको ना ५ ख १३६४ नं.को ट्रकले विपरीत दिशा बाट गईरहेको ना ६४ प ८३६३ नं. को मोटरसाइकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते भएका गिरीको भरतपुर अस्पतालमा उपचारको क्रममा राती १० बजेर २० मिनेटमा मृत्यु भएको थापाले जानकारी दिनुभयो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button