तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाकै शव फेला

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका पाँच जनाकै  शव शुक्रबार अबेर भेटिएको छ ।
रम्भा गाउँपालिका २ फोक्सिङकोटका १७ बर्षिय कृष्णमाया गाहा,१४ बर्षिय खुमिसरा आले ,८ बर्षिय लक्ष्मी गाहाको,५० बर्षिय  घनीसरा गाहा र ६० बर्षिय हुमबहादुर गाहाको  शब भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो । उक्त पहिरोले ३ घरमा पुर्ण क्षति पुर्याएको छ भने १७ घर जोखिममा छ्न ।
बेपत्ताहरुको शब नेपाली सेना, जनपत प्रहरी, शसत्र प्रहरी र स्थानीयको सहयोगमा पुरिएको अवस्थामा निकालिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button