वीरगञ्जबाट एकैदिन १७७ संक्रमित निको भई डिस्चार्ज
वीरगञ्ज । वीरगञ्जबाट आज अपरान्ह थप १७७ जना कोरोना संक्रमण निको भई घर फर्किएका छन् ।
वीरगञ्जको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक तथा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको होटल बाबा ईन्टरनेशनलको आईसोलेशनबाट ८ जना तथा वीरगञ्ज तथा पर्सा जिल्लाका होम आईशोलेशनबाट १ सय ६९ जना गरी १७७ जना कोरोना निको भई घर फर्र्किएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ्गले बताउनु भयो ।
स्थानीय प्रशासनले जारी गरेको प्रेस नोटमा आज सम्म पर्सा जिल्लामा २ हजार ५ सय ४१ जनामा संक्रमण पुष्टि भएको र तीमध्ये २ हजार १ सय ३३ जना कोरोना निको भई डिस्चार्ज भएको जनाईएको छ ।
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको आईसोलेशनमा उपचारको क्रममा गएराति थप एक जना ७७ बर्षिय संक्रमित पुरुषको मृत्यु भएसँगै आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको प्रशासनले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
पर्सामा आजसम्म सक्रिय संक्रमित २ सय २४ जना रहेका छन् । जसमध्ये ४८ जना गण्डक तथा नेशनल मेडिकल कलेजमा उपचारत भर्ना भएका छन् । उनीहरु मध्ये १५ जनालाई आईसियुमा राखेर उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी तमाङ्गले बताउनुभयो ।
यता अझै वीरगञ्जका विभिन्न सामुदायिक आईसोलेशन सेन्टरमा २२ जना र होम आईसोलेशनमा १ सय ५१ जना संक्रमित रहेको प्रशासन द्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्