कोरोना भाइरसको सङ्क्रमणका कारण थप छ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप छ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या चार सय ५९ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले तीन जना महिला र तीन जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा मोरङकी ६० बर्षीया महिला, काठमाडौँकी ७५ बर्षीया महिला, कपिल्बस्तुकी ७० बर्षीया महिलाको मृत्यु भएको हो भने मोरङका ५५ बर्षीय पुरुष, सप्तरी ७० बर्षीय पुरुष, ललिपरका ५१ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्