तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध गाँजासहित दुई जना पक्राउ

बारा । सशस्त्र प्रहरी कार्यालय बाराले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं.२ दोहरी बस्ने बर्ष २५ का रबिन्द्र राम र सोही ठाउँ बस्ने बर्ष १९ का राजकुमार राम रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले प्याक गरिएको लागु औषध गाँजा ५ किलो २२२ ग्राम, नगद ५६ हजार ८ सय ३० रुपैयाँ, दुई थान मोबाईल र मोटरसाईकल फेला पारेको छ ।

बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी नायब निरिक्षक मोहन श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले करैयामाई गाउँपालिका वडा नं.२ मा पक्राउ परेका दुबै जना सवार ना ४७ प ८२१ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उक्ता परिमाणको सामान फेला पारेको थियो ।

थप आवश्यक अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाईएको सशस्त्र प्रहरी उपरिक्षक रबिनराज कर्णजितले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button