तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको पहिरो अपडेट : तीनको शब भेटियो दुई जना अझै बेपत्ता

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका पाँच जना मध्ये तीन जनाको शब शुक्रबार भेटिएको छ ।

रम्भा गाउँपालिका–२ फोक्सिङकोटका १७ बर्षिय कृष्णमाया गाहा, १४ बर्षिय खुमिसरा आले र ८ बर्षीय लक्ष्मी गाहाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी एसपी प्रमुख सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो ।

बेपत्ता अन्यकोे खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button