कार्यालय आएका व्यक्तिमा कोरोना पुष्टि भएपछि अर्जुनधारा नगरपालिकाको तीन शाखा बन्द

भद्रपुर, झापा । झापाको अर्जुनधारा नगरपालिकाका तीन शाखाको सेवा आजदेखि बन्द गरिएको छ ।
बिहिबार बिर्तामोडबाट अर्जुनधारा नगरपालिकाको कार्यालयमा प्रवेश गरेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कृषि, प्रशासन र प्राविधिक शाखाको काम–कारवाही बन्द गरिएको हो ।
ती शाखाहरुलाई निःसंक्रमण गरेर बन्द गरिएको नगरप्रमुख हरिकुमार रानाले बताउनुभयो ।
ती व्यक्तिका सम्पर्कमा आएका सबै कर्मचारीलाई हाल आइसोलेसनमा राखिएको छ । उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिनुभयो ।
नगरपालिकाबाट प्रवाह गरिने अन्य सेवाहरु भने सुचारु रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्