तपाईँ सुन्दै हुनुहुन्छः

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने

काठमाडौँ । नागढुंगा–मुग्लिन सडकखण्ड भोली शनिबारदेखि अर्को सूचना प्रकाशित नभएसम्म दैनिक ५ घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज सूचना जारी गर्दै नागढुंगा–मुग्लिन सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खसेर सवारी आवागमन प्रभावित र मानवीय क्षति भएको भन्दै भोली बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म दैनिक ५ घण्टा सडक आवागमन बन्द गरी जोखिमयुक्त ढुङ्गा, माटो हटाउने जनाएको छ ।

तोकिएको समयमा उक्त सडकखण्डमा सबै प्रकृतिका सवारीसाधनको आवागमन बन्द रहने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न वा समय व्यवस्थापन गरेर मात्र यात्रा गर्न सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button