तपाईँ सुन्दै हुनुहुन्छः

एसिया कप क्रिकेट: नेपालले टस जित्यो

काठमाडौँ । ओमानमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज पाकिस्तान विरुद्धको खेलमा नेपालले ‘टस’ जितेको छ ।  

ओमानको ए आई अमेरत क्रिकेट मैदानमा भएको टसमा नेपालले आफ्नो समूह चरणको अन्तिम पाकिस्तान विरुद्धको खेलमा टस जितेर पहिला ‘फिल्डिङ’ रोजेको हो । त्यसअनुरुप अब पाकिस्तानले पहिला ‘ब्याटिङ’ गर्नेछ । 

नेपाल एसिया कपबाट यसअघि नै बाहिरिसकेको छ । लगातार दुई खेलमा हार बेहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल भारतसँग १० विकेट र संयुक्त अरब इमिरेटस (युएई) सँग सात विकेटले पराजित भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button