तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोका कारण बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काभ्रेपलाञ्चोक। रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ ।

वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सहज नहुने उक्त कार्यालयका सूचना अधिकारी रविन विष्टले बताउनुभयो । राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न उहाँले सर्वसाधारणमा अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button