सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते
सल्यान।सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
बनगाड कुपिण्डे नगरपालिका–१२ चौरबाट बालुवासंग्रहीतर्फ आउँदै गरेको रा १ ज १७२३ नम्बरको डबल क्याब बोलेरो जिप गएराति नगरपालिका–११ को गरानजिक दुर्घटनामा परेको हो।
दुर्घटनामा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ मालारानीका पप्पु डाँगी, पुनम बुढा, तिलक वली, उत्तम डाँगी, क्षितिज डाँगी, पवित्रा डाँगी, झलक डाँगी, पिमकली डाँगी, हरिमाया ओली र समीक्षा ओली घाइते भएका छन्।
यस्तै, सुर्खेतको भेरीगङ्गा नगरपालिका–६ की निर्मला ओली र जिप चालक अम्मरबहादुर घर्ती पनि घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइतेहरूलाई उपचारका लागि सुर्खेत र नेपालगञ्ज पठाइएको छ।
यसैबीच, गएराति नै सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामातामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए।








प्रतिक्रिया राख्नुहोस्