तपाईँ सुन्दै हुनुहुन्छः

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप रु १६ लाख ३३ हजार एक सहयोग गरेको छ ।

सङ्घले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । सहयोग रकममध्ये सङ्घको तर्फबाट रु एक लाख आठ हजार ४०१ र अन्तर्राष्ट्रिय साझेदार संस्था अर्बिस इन्टरनेशनलबाट रु १५ लाख २४ हजार ६०० प्राप्त भएको हो ।

यसअघि सङ्घले कोषमा रु एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग रकम जम्मा गरिसकेको जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button