जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामद्वारा ‘यात्रु सहायता कक्ष’ सञ्चालन
इलाम । चाडपर्व नजिकिँदै गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले ‘यात्रु सहायता कक्ष’सञ्चालनमा ल्याए सँगै जिल्लाका यात्रुलाई सहज भएको छ ।

नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली छठ पर्वको समयमा यात्रुको चहलपहल बढेसँगै यात्रुलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कमल दाहालले जानकारी दिनु भयो ।
यात्रु ठग्ने, मनपरी भाडा असुल्ने, गन्तव्यसम्म नपुर्याउने, यात्रुसँग दुर्व्यवहार गर्ने तथा कालोबजारी गर्ने जस्ता गतिविधि चाडपर्वको समयमा गरेर यात्रुलाई सास्ती नदिन सबै पक्षलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ। यदि कसैले यात्रुलाई गलत मनसायले दुख दिए कालोबजारी गरे ठगी गरेको पाइएमा तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ ।
हेल्प लाइन नम्बर १०० र १०३ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले यात्रु सहायता तथा गुनासोका लागि सम्पर्क गर्न सकिने जनाएको छ। इलाम सदरमुकाम सहित, पशुपतिनगर,फिक्कल र किटेनिमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । कार्यालयले चाडपर्वका समयमा सवारी साधनको अवस्था, भाडादर तथा यात्रुको सुरक्षामा समेत निगरानी बढाउने जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्