तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री सम्मेलनको तयारी पुरा

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ को सम्पुर्ण तयारी पुरा भएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरि यही असोज–२७ र २८ गते आयोजना हुने मुख्यमन्त्री सम्मेलनको तयारी पुरा भएको जनाएको छ ।

दुई दिन सम्म चल्ने सम्मेलनमा सात वटै प्रदेशका मुख्यमन्त्री, सम्बन्धित प्रदेशका मुख्यन्यायधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष साथै प्रदेशका मुख्य सचिवहरुको सहभागिता रहने छ ।

सङ्घीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबिच आपसी समन्वय सहकार्य एवं साझेदारी सुदृढ बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा प्रदेशहरूले शासन सञ्चालन तथा कार्यान्वयनका क्रममा गरेको अनुभव, सफल अभ्यास र चुनौतीका बारेमा छलफल हुने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारले सातै प्रदेशका मुख्यमन्त्रीको सहभागितामा आयोजना गर्न लागेको सम्मेलनले सङ्घीयताको सुदृढीकरण, दिगो विकास, सुशासन, आर्थिक समृद्धि र नागरिकको जीवन स्तर सुधारका लागि साझा लक्ष्य बनाउन मद्दत पुग्ने मुख्यमन्त्री कार्कीले पत्रकार सम्मेलनमा बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button