पोखरामा जग खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु
कास्की। पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–६, फलामखानीका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका–७ का ३९ वर्षीय राजु कुमाल रहेका छन् ।
माटोको ढिस्कोमा पुरिएका उनीहरूलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले स्काभेटरको सहयोगमा उद्धार गरेका थिए ।
अचेत अवस्थामा उद्धार गरिएका दुवै जनालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । तर, चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्