प्रतिनिधिसभा बैठक: जनजीविका, सडक सुरक्षा र महिला अधिकारका मुद्दामा सांसदहरूको ध्यानाकर्षण
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरुले औद्योगिक क्षेत्रका बासिन्दालाई सुरक्षित बस्ने वातावरण बनाउनुपर्ने, स्वास्थ्य क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधान गरिनुपर्ने, सडक सुरक्षा अनुगमन गरिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले वर्षा याममा तराइका किसानले भोग्दै आएका डुबानको समस्या समाधानका लागि पुराना तटबन्धहरू मर्मत संहार गरिनुपर्ने, महिला तथा किशोरीमाथि हुने यौनजन्य हिंसा रोक्न बाल्यकालदेखि नै नैतिकता शिक्षाको व्यवस्था गर्नुपर्ने, निजामती विधेयकमा समेटिएको महिनावारी बिदाको सुनिश्चित गर्न सरकारलाई आग्रह गर्नुभयो ।
सरकारले युवा विद्यार्थी लक्षित पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै सांसदहरुले सरकारले समय सीमा सहितको विकास निर्माण योजना सार्वजनिक गर्नुपर्ने, झापा जिल्ला लगायतमा हात्तीको त्रासबाट स्थानीय बासिन्दालाई मुक्त बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्