तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा २४ घण्टामा २२२ मिलिमिटरभन्दा बढी वर्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको माडी कल्याणपुर वर्षा मापन केन्द्रमा २२२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै, परासीको बर्दघाटमा २०७ मिलिमिटर, चितवनको मेघौलीमा २०२ दशमलव ८ मिलिमिटर र तनहुँको अत्रौलीटारमा २०२ दशमलव २ मिलिमिटर वर्षा भएको छ ।

२४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ ।महाशाखाका अनुसार मधेस प्रदेशसहित गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । कोशी र कर्णालीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

आजदेखि भने मौसममा केही सुधार आउने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button